कपनमा आगलागी हुँदा तीन जनाको मृत्यु

आश्विन ६,काठमाडौँ । काठमाण्डौको कपनमा रहेको लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–११ कपनको लसुनटारमा बुधबार बेलुकी पौने ७ बजेतिर आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु भएकाको पहिचान भने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि निभाइएको जानकारी दिए ।

आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उनको भनाइ छ । आगो निभाइए पनि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको खोज तथा उद्धारको टोलीले अहिले घटनास्थलमा रहेका छन् ।

आगु निभाउनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताए ।

संम्बन्धित समचार

Leave a Reply