उद्योग बाणिज्य संघ भक्तपुरको आयोजनामा स्वागत तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

आश्विन ६,भक्तपुर । उद्योग बाणिज्य संघ भक्तपुरको आयोजनामा स्वागत तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उद्योग बाणिज्य महासंघका जिल्ला नगरका उपाध्यक्ष दिनेश श्रेष्ठ, केन्द्रिय कोषाध्यक्ष शकुन्तला हिराचन, उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ र कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीलाई आमन्त्रण गरेर पछिल्लो समय देशको अर्थतन्त्र,तरलता अभाव, महासंघले गरिरहेको काम,महासंघले जिल्ला नगरको लागि गरिरहेको सहयोगका विषयमा छलफल तथा अन्तक्रिया गरेको हो । अन्तक्रिया कार्यक्रमको सभापतित्व भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिव मानन्धरको रहेको थियो ।

अन्तक्रियामा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेलको समेत उपस्थिती रहेको थियो । अन्तक्रियामा भक्तपुरका उद्योगी व्यवसायीले केन्द्रका पदाधिकारी तथा केन्द्रिय सदस्यसंग व्यवसायिक गुनासा तथा पछिल्लो धारणा व्यक्त गरेका थिए । अन्तक्रियामा सभापति सुमार्गीले आफु कृषि उद्यम केन्द्रमा आएपछि गरेको कामको विषयमा प्रष्ट्याएका थिए । केन्द्रले कृषिमा ल्याएका नयाँ नयाँ योजना,कोरिया र इजरायलमा प्रशिक्षार्थी कृषकलाई पठाउन भइरहेको पहल,जिल्ला नगरलाई बलियो बनाउन केन्द्रले गरिरहेको पहलका विषय जानकारी गराएका थिए ।

सो अवसरमा भक्तपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपानेलाई कृषि उद्यम केन्द्रको आमन्त्रित सदस्यता प्रदान गरिएको छ । अन्तक्रियमा जिल्ला नगरका उपाध्यक्ष दिनेश श्रेष्ठले महासंघले जिल्ला र नगरको लागि बलियो बनाउन गरिरहेको पहलका विषयमा जानकारी गराएका थिए । उनले पछिल्लो समय देशमा सिर्जना भएको तरलता अभावले व्यवसायीलाई गम्भिर असर परेको बताउदै त्यसको लागि सरकार गम्भिर हुनपर्ने बताए । अन्तक्रियामा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष कडेलले जिल्ला र केन्द्रको सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भनेर आफ्नो धारणा राखेका थिए । उनले कृषि उद्यम केन्द्रले गरिरहेको कामको प्रशंसा गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply