राष्ट्रपतिकाे बचाउमा ओलीले भने, ‘राष्ट्रपतिको अपमान गर्नुलाई गठबन्धनले महानता ठान्यो’

असोज ६, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको कदमको बचाउ  गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेकोबारे पहिलोपटक प्रतिक्रिया दिँदै उनले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन् ।

बिहिबार पार्टी प्रवेशको कार्यक्रममा बोल्दै उनले भने,  ‘यो अहंकारी गठबन्धनले राष्ट्रपतिलाई विधेयकबारे कुनै जानकारी गराउँदैन। संविधानले अनिवार्यरुपमा जानकारी गराउनुपर्छ भन्छ तर यो गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठान्छ,’।

‘सरकार तानशाही बाटोतर्फ अघि बढेको ओलीको आरोप छ। ‘संविधान र कानुनको पालना नगरेर बुद्धिको होइन मसलका कुरा गरेर यो गठबन्धन तानाशाही बाटोतर्फ अघि बढेको छ,’ उनले भने।

संम्बन्धित समचार

Leave a Reply