दक्षिणी अङ्गोलामा कार दुर्घटना हुँदा १२ जनाको मृत्यु

असोज ६, काठमाण्डौ । अङ्गोलाको दक्षिणी बेन्गुएला प्रान्तमा बुधबार ३० यात्रु बोकेको एउटा गाडी पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । तीव्रगति, सावधानीको अभाव र प्राविधिक त्रुटिका कारण गाडी पल्टिएको राष्ट्रिय प्रहरीका प्रवक्ता अर्नेस्टो चिवालेले बताएको छ ।

बेन्गुएला जनरल अस्पतालमा चिकित्सा सहायता लिइरहेका १८ जना घाइतेको अवस्था गम्भीर रहेको एङ्गोलाको नेसनल इन्स्टिच्युट फर मेडिकल इमर्जेन्सीका बेन्गुएला प्रान्तीय संयोजक हर्नानी फ्रान्सिस्कोले बताएको छ ।

संम्बन्धित समचार

Leave a Reply