५ घण्टापछि पृथ्वी राजमार्ग सञ्चालनमा आयो

आश्विन ६,धादिङ । बसको ठक्करबाट बालकको मृत्यु भएपछि पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा स्थानीयले अबरुद्ध गरेको राजमार्ग ५ घन्टा पछि सन्चालनमा आएको छ । काठमाडौ देखि गोरखाको बारपाक जाँदै गरेको ग १ ख ४५६५ नम्बरको यात्रु बसले बिद्यालय जाँदै गरेका गजुरीका ८ बर्सिय विजय परियारलाई ठक्कर दिँदा घटनास्थलमा नै उनको मृत्यु भएको हो ।

बालकको मृत्यु भएपछी स्थानीय र बिद्यार्थीले ठक्कर दिएको बस तोडफोड सँगै आगजनी गरि राजमार्ग अबरुद्ध गरेका थिए। जेब्रा क्रसिङमा भएको सवारी दुर्घटना पछि स्थानिय आक्रोसित भएका हुन । ट्राफिक प्रहरीले नियमन राम्रो नगर्दा दुर्घटना भएको भन्दै ट्राफिक प्रहरी र चालकलाई कडा कारबाहि सहित उचित क्षतिपुर्तिको माग पीडितहरुले गरेका छन ।

लामो समय देखि राजमार्ग अबरुद्ध हुँदा हजारौं यात्रुले सास्ती खेपेका छन् । यातायात व्यवसायी समितीलाइ सम्पर्कमा ल्यार्इ चालकलाई कारबाही र उचित क्षतिपुर्ति दिलाउने सहमती भएपछी अवरुद्ध राजमार्ग सुचारु गरिएको हो ।

संम्बन्धित समचार

Leave a Reply