१२ सय हलमा एकसाथ प्रदर्शनमा आयो बहुप्रतिक्षित चलचित्र प्रेमगीत-३

आश्विन ७,काठमाडौँ । आजदेखि बहुप्रतिक्षित चलचित्र प्रेमगीत-३ प्रदर्शनमा आएको छ। यो चलचित्र नेपाललगायत विश्वका १ हजार २ सय हलमा एकसाथ प्रदर्शनमा आएको हो। तर, ‘प्रेमगीत ३’ को हिन्दी संस्करण भने प्राविधिक कारण जनाउँदै आज नेपालमा भने रिलिज भएन।

नेपालसहित भारत, अमेरिका, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशका १ हजार २ सयभन्दा बढी सिनेमा हलमा यो चलचित्र एकैसाथ प्रदर्शनमा आएको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ र सुनिला थापाको मुख्य भूमिका रहेको छ ।

चलचित्रको हिन्दी संस्करणलाई लिएर विवादसमेत भएको थियो । जसका कारण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेमगीत(३ को हिन्दी संस्करणलाई पनि नेपाली चलचित्रकै मान्यता दिनु परेको थियो ।

यस्तै जेम्स क्यामरुनको निर्देशनमा रहेको हलिउड चलचित्र ‘अवतार’ पनि प्रदर्शनमा आएको छ । यो चलचित्रले नेपालमा थ्रीडी प्रविधिको सुरुवात गरेको थियो । अवतारको दोस्रो शृङ्खला ‘अवतार स् द वे अफ वाटर’ आउँदो पुस १ गते विश्वभर रिलिज हुँदैछ । यसैको पहिलो भाग एक हप्ताका लागि नेपालमा पनि प्रदर्शन गरिएको हो । चलचित्रले नयाँ पुस्तालाई ‘रिकल’ गर्ने जनाइएको छ ।

अहिले नेपाली चलचित्र ऐना झ्यालको पुतली, झिङ्गेदाउ र बलिउड चलचित्र ब्रह्मास्त्र पनि प्रदर्शन भइरहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply