४ महिनामा नारायणगढ–मुग्लिन सडक खण्डमा २४ पटक पहिरो !

आश्विन १०,काठमाडौँ । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडक खण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छ कि भन्ने चिन्ता हुन्छ । बर्सेनि पहिरोले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जनभन्दा पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक अवरुद्ध हुँदा गाडी चालक र यात्रुले निकै समस्या झेल्नुपर्यो ।

गएको जेठ महिनायता मात्रै यो सडक खण्डमा २४ पटक पहिरो खसेको छ । यसबाट एक सय नौ घण्टा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार यस अवधिमा यस सडक खण्डमा साना–ठूला पहिरो खसेका छन् । पृथ्वी राजमार्गको चितवन खण्डमा (मुग्लिन मौवाखोल) मा पर्ने घोप्टे भिरमा पनि दुईरतीन पटक पहिरो खसेको उनले बताए ।

‘पहिरोका कारण कति रात सडकमा बिताएका छौँ, प्रहरी निरीक्षक अधिकारीले भने’, ‘पहिरो खस्नासाथ बाटो खुलाउने चिन्ता सुरु हुन्छ ।’ उनले सडक खण्डको भौगोलिक अवस्था र जनशक्तिको कमिका कारण पनि पहिरो गएपछि ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताए ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई दुई अर्ब ९० करोड खर्चभन्दा गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो । त्यही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो । प्रायजसो ठाउँमा भित्तो काटिएको थियो । यसमध्ये सात ठाउँमा पहिरो रोक्ने काम गरिएको थियो।

संम्बन्धित समचार

Leave a Reply