कांग्रेसको कोइराला पक्षद्वारा केन्द्रीय कार्यालयमै धर्ना

आश्विन १२,काठमाडौँ । चुनावको टिकट वितरणमा चरम गुटबन्दी गरेको भन्दै नेपाली कांग्रेसको शेयर कोइराला पक्षले पार्टी कार्यालमै धर्ना दिएको छ ।

शेखर कोइराला पक्षका नेता, कार्यकर्ताले आज बुधवार केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका हुन् । उनीहरूले समान अवसर र न्यायको निम्ति धर्ना कार्यक्रम लेखिएको ब्यानर पनि टाँगेका छन् । आउँदो मङ्सिर ४ गते हुने चुनावमा समानुपातिकतर्फको बन्दसूचीमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गुट र आफन्तको मात्रै नाम समावेश गरेको तथा प्रत्यक्षतर्फको टिकटमा पनि भेदभाव गरिरहेको भन्दै कोइराला पक्षले धर्ना दिएको हो ।

धर्नामा शेखर कोइराला, गगन थापा, धनराज गुरुङलगायतका शीर्ष नेताहरू भने उपस्थित छैनन् । शीर्ष नेता नआए पनि उनिहरूको समर्थन रहेको नेता गुरुराज घिमिरेले बताउनुभयो । आफूहरूको आन्दोलन पार्टी र कुनै नेताको विरुद्धमा नभइ पार्टीभित्रको अन्यायविरुद्ध भएको घिमिरेको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Reply