सार्वजनिक ठाउँमा सुर्ती, चुरोट खान निषेध: नियम पालना भएन

आश्विन १२,काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ खान निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन । कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ गतेदेखि सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ खाएको पाइए एक सय रुपियाँ जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो ।

रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भिडभाड बढी हुने ठाउँमा नागरिकले खुलेआमरूपमा सुर्तीजन्य पदार्थ खाइरहेका पाइएको छ । कामपाका मेयर बालेन्द्र साह, सचिवालय सदस्य सुनिल लम्सालले यस सम्बन्धमा कामपाका नगर प्रहरीहरुले नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरू जुनसुकै समयमा कारबाहीमा पर्ने बताए ।

सूचनाको अवज्ञा गरेको पाइए सुर्तीजन्य पदार्थ–नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही र जरिबाना गर्ने बताइएको छ ।

कामपा नगर सभाको ११ औँ अधिवेशनले सार्वजनिक ठाउँमा धूम्रपान निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित सरिसकेको हुनाले यस किसिमको व्यवस्था गरिएको जनाइएको छ ।

संम्बन्धित समचार

Leave a Reply