पहिलो टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई हरायो

असोज १३, काठमाण्डौ । भारतले पहिलो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । गएराति भएको खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई हराउँदै तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको लक्ष्य भारतले १६ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । भारतका केएल राहुलले अविजित ५१ रन र सूर्यकुमार यादवले पनि अविजित ५० रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित शर्मा शून्य र विराट कोहली ३ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका कागिसो राबडा र एन्रिच नोर्कियाले १र१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका केशव महाराजले ४१ रन बनाए । त्यस्तै एडिन माक्र्रम २५ तथा वायने प्रनिलले २४ रन जोडे । भारतका अर्शदीप सिंहले ३ तथा दीपक चाहर र हर्सल पटेलले २र२ विकेट लिए । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० आइतवार तथा तेस्रो खेल मङ्गलवार हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply