ईयूको टोली आउँदै, हट्ला त नेपालमाथिको प्रतिबन्ध ?

असोज १४, काठमाण्डौ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ इयुको प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात् विगत १० वर्षदेखि इयुको ‘उड्डयन सुरक्षा सूची’मा रहेको नेपाल हट्ने विश्वास लिइएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दसैँलगत्तै इयुको प्राविधिक टोली नेपाल आएर हवाई क्षेत्रको अडिट गर्नेछ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यही असोजको अन्तिम हप्ता उक्त टोली नेपाल आउन लागेको जानकारी दिए । नेपालले पछिल्ला दिन हवाई सुरक्षादरमा वृद्धि गरेकाले इयुको सुरक्षा सूचीबाट हट्ने सम्भावना रहेको उनले बताए ।

संम्बन्धित समचार

Leave a Reply