वाग्मती प्रदेशभर सवारी दुर्घटना न्यूनीकरण गर्न ‘टाइम कार्ड’ लागू

असोज १४, मकवानपुर । वाग्मती प्रदेशभर सवारी दुर्घटना न्यूनीकरण गर्न ‘टाइम कार्ड’ लागू गरिएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा ११, थानाभर्‍याङको विशेष सक्रियतामा बीपी राजमार्ग सिन्धुली, मुग्लिन(नारायणगढ खण्ड चितवन, भीमफेदी–कुलेखानी–फाखेल मकवानपुर, अरनिको राजमार्ग काभ्रे र पृथ्वी राजमार्ग धादिङमा टाइमकार्ड लागू गरिएको हो ।

चाडपर्व लागेसँगै सडकमा सवारी साधनको अत्यधिक चाप बढ्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उल्लंघनसमेत बढ्ने भएका कारण सवारी दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply