छैटौँ टी–२० क्रिकेटमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले हरायो

असोज १५, काठमाण्डौ । घरेलु टोली पाकिस्तानसँगको छैटौँ टी–२० क्रिकेटमा इङ्ग्ल्यान्ड ८ विकेटले विजयी भएको छ । लाहोरमा गएराति भएको खेलमा पाहुना टोली इङ्ग्ल्यान्ड विजयी भएसँगै ७ खेलको शृङ्खलामा ३–३ को बराबरी भएको छ । पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य इङ्ग्ल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो ।

इङ्ग्ल्यान्डका फिल साल्टले अविजित ८८ रनको अर्धशतकीय पारी खेले । उनको यो टी–२० आई करिअरकै उत्कृष्ट प्रदर्शन हो । एलेक्स हेल्स २७ रनमा तथा डाविड मालन २६ रनमा आउट भए । बेन डुकेटले अविजित २६ रन जोडे । इङ्ग्ल्यान्डले पहिलो पावर प्ले अर्थात् ६ ओभरमा नै ८२ रन जोडेको थियो ।

पाकिस्तानका शादब खानले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ८७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै इफ्तिखर अहमदले ३१ तथा हैदर अलीले १८ र मोहम्मद नवाजले १२ रन जोडे । इङ्ग्ल्यान्डका डेविड विलि र साम करणले २र२ विकेट लिए । इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको सातौँ तथा निर्णायक खेल भोलि हुनेछ।

संम्बन्धित समचार

Leave a Reply