२४ घण्टामा धादिङमा थप ५८ जनामा डेंगु संक्रमण !

असोज १५, काठमाण्डौ । पछिल्लो २४ घण्टामा धादिङका थप ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार शनिबार २४ पुरुष र ३४ महिला गरि गरी ५८ नयाँ बिरामी थपिएका छन् । योसँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगु बिरामीको संख्या ७सय २० पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ४सय ६ जना पुरुष र ३सय ११ महिला गरी कुल ७सय २० जनामा संक्रमण पुष्टि भएको छ ।

परिक्षण गरिएका मध्ये धेरै केश नीलकण्ठ नगरपालिकामा भेटिएको छ । नीलकण्ठमा ३सय ८०, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै धुनिबेशीका ३१, बेनिघाट रोराङका २०, गल्छीका ३०, ज्वालामुखीका २३, सिद्धलेकका १३, थाक्रेका ८, नेत्रावती डवजोङका ५, रुवीभ्यालीका ३ जना र गंगाजमुनाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म खनियाबास गाउँपालिकामा संक्रमित भेटिएका छैनन् । कुल संक्रमित मध्ये ८० जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले बताए । धादिङमा हाल ३ स्थान धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रबाट परिक्षण हुदैँ आएको छ ।

संम्बन्धित समचार

Leave a Reply