दशैँमा मासु कति र कसरी खाँदै हुनुहुन्छ ? खान नजाने बिरामी परिएला

काठमाण्डो । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैँ घरघरमा भित्रिसकेको छ । दशैँमा प्रायः अरु समयभन्दा बढी माछामासु र खानाका परिकार खाइन्छ । अपवादबाहेक नेपाली समाजमा मासुविनाको चाडबाड कल्पनासमेत गर्न सकिँदैन । दशैंमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । अन्य आर्थिक अवस्था कमजोर भएकाहरुले समेत ऋणधन गरेर दशैँ मनाउने गर्छन् ।

स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनुपर्छ । झन् उच्च कोलेस्ट्रोेल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । साधारणतयाः मासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रसस्त हुने भएकाले सन्तुलित रूपमा उपभोेग गर्न नसकेमा स्वास्थ्य समस्या सृजना हुन सक्छ । चाडबाडमा मासु खानै नहुने भन्ने होइन । तर, सन्तुलन मिलाएर खान पोषणविद् उमा कोइरालाको सुझाव छ ।

‘रातोभन्दा सेतो मासु खान उपयुक्त हुन्छ । रातो मासु खानै हुँदैन भन्ने होइन तर मात्रा मिलाएर खानुपर्छ , मुटुको समस्या , मिर्गौला रोगी, कोलस्ट्रोल भएका व्यक्तिहरुले रातो मासु खाँदै नखाँदा राम्रो हुन्छ,’ उनी भन्छिन् ।

दैनिक कति मासु खाने ?

चाडपर्वको समयमा रमाइलो बनाउने नै जमघट र भोजनले हो । अझ मासुका परिकारले जमघटलाइनै अझ विशेष बनाइदिन्छ । तर हामीले हाम्रो स्वाथ्यको ख्याल पनि गर्नुपर्यो । पोषणविद् कोइरालाका अनुसार हामीले खाने खाना हाम्रो शरीरले पचाउन सक्ने हुनुपर्छ ।

अहिले हाम्रो जीवनशैली फेरिएकाले पनि पहिलेको जस्ता खाना हामीले पचाउन नसकिने हुनसक्छ । ‘हाम्रो जीवनशैली फेरीएको छ पहिले पहिले दशै“ वा चाडपर्वमा मात्र माछामासु खाने गरिन्थ्यो त्यो पनि प¥याप्त पाइदैनथ्यो । मासु खाएपछि पनि हामी कसरत हुनेगरी काम गथ्र्यौ बढीभन्दा बढी हिड्थ्यौ तर अहिले हामी हिड्नै छाड्यो अहिले सवारी साधनको सुविधा छ त्यकारण हामीले खाएको खाना पच्नै पाउदैन र शरिरमै स्टोर भएर बस्छ जसबाट मोटोपनाको समस्या देखिन्छ,’ उनले भनिन् ।

खाना खादा सकेसम्म अड्कलेर खानुपर्ने उनको सुझाव छ । मानिसले आफ्नो तौल अनुसार मासु खानुपर्ने उनको सुझाव छ । ‘मानिसले दैनिक २ सय ग्राम मासु खाएमा दैनिक प्रोटिनको आवश्यकता पुरा हुन्छ सामान्यतयाः एक केजी तौल छ भने १ ग्राम मासु दैनिक प्रोटिनका लागि प¥याप्त हुन्छ । ‘हामीले प्रोटिनयुक्त अन्य खानापनि खाने भएकाले प्रोटिनलाई घटाउन आवश्यक छ ।

मासुसंगै सागपात

चाडपर्वमा मासुमानै जोड दिँदा हाम्रो आहार सन्तुलित हुँदैन । आहारलाई सन्तुलनमा राख्न माखु संगै हरियो सागपात र फलफुलमा समेत जोड दिनुपर्छ । भातलाई समेत घटाएर हरियो परियोमा जोड दिदा सन्तुलन कामय राख्न मद्धत पुग्ने कोइरालाको भनाइ छ ।

मासु खाँदा के कुरामा ध्यान दिनुपर्छ ?

नियमित खाने कुराभन्दा दशैंमा अलि विशेष परिकारहरु पकाउने गरिन्छ । दशैंलाई मासुको पर्व हो भन्दा पनि फरक पर्दैन । तर, मासु खाँदा यि कुराहरुमा ध्यान दिन कोइरालाको सुझाव छ ।

-बासी, फ्रिजमा राखेको मासु नखाने
-ताजा मासु किनेर खाने
-कम बोसो भएको मासु छान्ने
-घर ल्याइसकेको मासुमा पनि बोसो भए हटाउने
-तेलको प्रयोग कम गर्ने
-मसला कम राख्ने
-सकेसम्म मासुलाई भुटेर भन्दा उसनेर खाँदा राम्रो

पानी प्रशस्त पिउने

प्रोटिनले शरीरलाई सुख्खा बनाउने भएकाले प्रशस्त पानि पिउनुपर्ने उनको भनाइ छ । मासु खाएपछि कागती पानी पिउँदा मासुलाई पचाउन अझ सहज हुने कोइरालाले बताए । रगतमा चिल्लो मात्रा बढी भएकाले पेटभरि मासु खाँदा बाँचुन्जेल दुःख पाउन सक्छन् । दीर्घरोगीले मात्र होइन, स्वस्थ मानिसले समेत मासु खान सावधानी अपनाउनुपर्छ ।

संम्बन्धित समचार

Leave a Reply