आयोगले निर्धारण गर्‍यो पीजीका लागि सिट, आवेदन कहिलेदेखि दिने ?

आश्विन १६,काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह पोस्ट ग्रेजुएट (पीजी) तहको शैक्षिक वर्ष २०७९ का लागि सिट निर्धारण गरेको छ । देशभर सञ्चालित विभिन्न शिक्षण संस्थाहरु पोस्ट ग्रेजुएट (पीजी) का विभिन्न कार्यक्रमका लागि आयोगले १ हजार ६८४ सिट निर्धारण गरेको छ ।

आयोगको अनुसार विभिन्न कार्यक्रमका लागि विराट कलेजलाई ३३, नोबेल मेडिकल कलेजका लागि ४९, पूर्वाञ्चल युनिर्भसिटी स्कुल अफ हेल्थ साइन्सका लागि २०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७३, मधेश इन्स्टिच्युट अफ हेल्थ साइन्सका लागि ३ र नेशनल मेडिकल कलेजका लागि ६३ सिट निर्धारण गरेको छ ।

आयोगको अनुसार कलेज अफ मेडिकल साइन्स टिचिङ हस्पिटलका लागि ४५, चितवन मेडिकल कलेजका लागि ९४, काठमाडौं मेडिकल कलेजका लागि ७०, नेपाल मेडिकल कलेजका लागि ६३, किष्ट कलेजका लागि १२, आयुर्वेद क्याम्पसका लागि २, महाराजगञ्ज मेडिकल क्याम्पसका लागि १५७, मनमोहन मेडिकल इन्स्टिच्युट अफ हेल्थ साइन्सका लागि २३, नेप्लि आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स ५९, नेवल कलेजका लागि १५, नेसनल एकेडेमी अफ मेडिकल साइन्सका लागि १३६ सिट छुट्याइएको छ ।

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?