दक्षिण अफ्रिकाविरुद्धको टी-ट्वान्टी सिरिजमा भारतको जित

असोज १७, काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजको दोस्रो खेल भारतले जितेको छ । आइतबार भएको खेलमा दक्षिण अफ्रिकामाथि १६ रनको जित हात पार्दै भारतले सिरिज २–० ले आफ्नो पक्षमा पारेको छ ।

आइतबारको खेलमा पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३७ रनको विशाल योगफल बनाएको थियो ।

भारतका लागि सूर्यकुमार यादवले ६१ रन तथा केएल राहुलले ५७ रनको पाली खेले । विराट कोहलीले अविजित ४९ रन बनाए भने कप्तान रोहित शर्माले ४३ रनको पाली खेले ।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा २२१ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले अविजित १०६ रन तथा क्विन्टन डि ककले अविजित ६९ रन खेले ।

दक्षिण अफ्रिका र भारतबीचको अन्तिम टी-ट्वान्टी खेल मंगलबार हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply