दशैंमा ५० अर्बको कट्कटिया नोट बजारमा

असोज १८, काठमाडौँ । दशैको लागि राष्ट्र बैंकले ५० अर्वको नयाँ नोट बजारमा पठाएको छ । पछिल्लो समय दशै विभिन्न तरिकाले मनाउने गरेको छ । नौरथा लागेदेखि नै मानिसहरू नयाँ नोटको जोहो गर्ने गर्छन् ।

शक्तिपिठहरूमा चढाइने भेटी र दशैमा प्रदान गरिने दक्षिणामा नयाँ नोटले शोभा दिने भएकाले मानिसहरू बैंकहरूमा लामो लाइन लागेर भएपनि नयाँ नोट साट्ने गर्छन् ।

नयाँ नोटको महत्वकै कारण केन्द्रीय बैंकले पनि यो समयमा नयाँ नोट र सिक्काहरू बजारमा पठाउने गर्छ । यो पटकको दशैंमा पनि राष्ट्रबैंकले नयाँ र पुराना गरी ५० अर्वका नयाँ नोट बजारमा पठाएको छ।

राष्ट्र बैंकका अनुसार पाँचदेखि सयसम्मको १५ अर्वका नयाँ नोट र सयदेखि हजारसम्मका ३५ अर्वका पुराना नोट बजारमा पठाएको छ । नयाँ नोटको महत्वकै कारण केन्द्रीय बैंकले पनि यो समयमा नयाँ नोट र सिक्काहरू बजारमा पठाउने गर्छ । यो पटकको दशैंमा पनि राष्ट्रबैंकले नयाँ र पुराना गरी ५० अर्वका नयाँ नोट बजारमा पठाएको छ ।

संम्बन्धित समचार

Leave a Reply