भारतको उत्तरकाशीमा हिम पहिरो, १० आरोहीको मृत्यु

असोज १८, एजेन्सी । भारतको उत्तरकाशीमा हिमपहिरोमा पुरिएर १० जना आरोहीको मृत्यु भएको छ । हिमपहिरोमा पुरिएका ८ जनाको भने सकुशल उद्धार गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उत्तरकाशी जिल्लाको द्रौपदीक डाँडा–२ मा आज दिउँसो हिम पहिरो गएको हो । हिमपहिरोमा अझै दर्जन भन्दा बढी आरोही फसिरहेका छन् । उत्तरकाशीको पर्वतारोहण संस्थानका २८ प्रशिक्षार्थी पर्वतारोही पर्वतारोहणका लागि गएको बतार्ईएको छ । १४ हजार फिटको उचाइमा हिम पहिरो गएको हो ।

घटनास्थलमा जिल्ला प्रशासन, राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ), स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडीआरएफ), सेना र इन्डो–तिब्बत सीमा प्रहरी (आईटीबीपी) को टोली उद्धारका लागी पुगेको छ । मुख्यमन्त्री पुष्कर सिंह धामीले सबै टोली उद्धारमा जुटेको जानकारी दिँदै सबै मानिसहरू सुरक्षित रूपमा फर्कन भगवानसँग प्रार्थना गर्नुको बिकल्प नरहेको बताए ।

संम्बन्धित समचार

Leave a Reply