डेङ्गुको जोखिम कायमै, आफै सचेत हुन चिकित्सकको सुझाव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १८, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १८, काठमाडौँ । डेङ्गुको जोखिम कायमै रहेकाले डेङ्गुबाट बच्न आफै सचेत हुनेपर्ने चिकित्सकहरुले बताएका छन् । बिहान बेलुका चिसो हुन थालेकाले डेङ्गुको संक्रमण केही कम हुने आंकलन गरिए पनि पानी परिरहेकाले जोखिम भने उस्तै रहेको चिकित्सकहरुको भनाई छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार डेङ्गुबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ता भन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न उहाँको सुझाब छ ।

हाल देशभर डेङ्गुका ३१ हजार भन्दाबढी संक्रमित रहेका छन् । नेपालमा डेङगुबाट पछिल्लो तथ्याङक अनुसार ४१ जनाको ज्यान गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस