चितवन-३ बाटै चुनाव लड्न प्रचण्डलाई पाँच दलको अपील

असोज १८, काठमाडौँ । चितवनका पाँच राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ;प्रचण्ड’ लाई आगामी मंसिर ४ गतेको निर्वाचनमा चितवनबाटै उम्मेदवारी दिन अपिल गरेका छन् । मंगलबार नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई चितवनबाटै उम्मेदवारी दर्ता गर्न अपिल गरेको हो ।

गठबन्धनको जिल्ला स्तरीय बैठकको निर्णयमा प्रचण्ड चितवनको निर्वाचन क्षेत्र नम्बर ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्न लागेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक ठहर गर्दै आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न भनेको छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘मंसिर ४ गते सम्पन्न हुन गरहेको संघीय निवाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुन अपिल गर्ने निर्णय गरिन्छ ।’

डा. बाबुराम भट्टराईले यसपालि प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन नलड्ने घोषणा गरेलगत्तै प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्न लागेको चर्चा गरिएको थियो । नेकपा माओवादी केन्द्रका जिल्ला नेताहरूले प्रचण्डलाई जिल्ला नछाड्न सामाजिक सञ्जालमार्फत आह्वान गरिरहेका थिए ।

बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका कृष्णराज न्यौपाने ‘लब्ली’, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल र जसपाका प्रेमराज भुजेल सहभागी थिए ।

संम्बन्धित समचार

Leave a Reply