लक्ष्मी बैंकलाई डिएफसीले ५ अर्ब प्रत्यक्ष ऋण दिने

असोज १९, काठमाडौं । लक्ष्मी बैंकलाई अमेरिकाको ‘अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम’ (डिएफसी) ले ४ करोड ५० लाख अमेरिकी डलर (५ अर्ब ८५ करोड रुपैयाँ) बराबरको प्रत्यक्ष ऋण दिने घोषणा गरेको छ । त्यसैगरी डिएफसीले लक्ष्मी बैंकलाई २५ लाख डलर (३२ करोड ५० लाख रुपैयाँ) बराबरको ऋण पोर्टफोलिया ग्यारेन्टी पनि प्रदान गर्ने घोषणा गरेको छ ।

डिएफसीका अनुसार कुनै एकल विकास वित्त निगमबाट नेपालका लागि पहिलोपटक हालसम्मकै ठूलो ऋण पोर्टफोलियो स्वीकृत गरिएको यो पहिलो घटना हो ।

अमेरिकी सहयोग नियोग (युएसएड) को नेपालस्थित कार्यालयसँगको सहकार्यमा डिएफसीले लक्ष्मी बैंकलाई उक्त परिमाण बराबरको ऋण सहयोग दिने छ । नेपालमा कृषि व्यवसायमा संलग्न साना तथा मध्यम आकारका व्यवसायलाई उक्त ऋण प्रयोग गर्न दिइने जनाइएको छ ।

चालू अंग्रेजी आर्थिक वर्ष दोस्रो त्रैमासिकमा डिएफसीले एकैपटक ६२ कारोबार स्वीकृत गरेको छ जसको आकार २ अर्ब ३० करोड डलर बराबर रहेको छ । उक्त रकम संसारका केही ठूला विकास चुनौतीका समस्या समाधान गर्न उपयोग गरिने डिएफसीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply