बारा बस दुर्घटनामा मृतकको संख्या १६ पुग्यो

असोज २०, मकवानपुर । बारामा यात्रुबाहाक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए । घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइते केहीलाई थप उपचारका लागि चितवन लगिएको छ ।

मृतकमा चुरेहिल अस्पतालमा ९ जना लगिएकोमा दुई जना रहेको प्रहरीले जनाएको छ । यसैगरी हेटौंडा अस्पतालमा लगिएका ३६ जनामध्ये १२ जनाको मृत्यु भएको छ भने हेटौंडा सहकारी अस्पतालमा लगिएका ६ जनामध्ये एक जनाको मृत्यु भएको छ । चितवन पठाइएका एक घाइतेको पनि मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन बाँकी छ ।

संम्बन्धित समचार

Leave a Reply