पूर्वबाट मौसममा केही सुधार, पश्चिममा ठूलो पानी पर्ने

आश्विन २१,काठमाडौँ । हिजो दिनभरी लगातार झरी परे पनि काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानदेखि झरी रोकिएको छ ।

पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेसँगै काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । बिहान घाम लागे पनि दिउँसो पछि भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजदेखि पूर्वबाट मौसममा केही सुधार देखिएको तर पश्चिममा ठूलो पानी पर्ने मौसमविद् सञ्जिब अधिकारीले जानकारी दिए ।

उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा भोलिसम्म नै ठूलो वर्षाको सम्भावना छ । मौसमविद् अधिकारीका अनुसार काठमाण्डौमा भने हिजो अस्तिको जस्तो पानी पर्ने देखिएको छैन ।

हाल नेपालमा बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । केही दिनयता लगातारजसो पानी परेको छ । यो वर्षको दशैँ झरीमय हुँदा यात्रुले सास्ती पाएका छन् ।

संम्बन्धित समचार

Leave a Reply