अबदेखि शनिबार विद्युत् महसुल संकलन काउन्टर बन्द हुने

असोज २४, काठमाण्डौ । अब शनिबार विद्युत् महसुल संकलन काउन्टर बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले केही वितरण केन्द्रहरुमा शनिबार पनि महसुल काउन्टर चलाउँदै आएको छ ।

तर, एक सूचना जारी गर्दै प्राधिकरणले कात्तिक महिनादेखि शनिबार यस्ता काउन्टर नखुल्ने जानकारी दिएको हो । शनिबार मात्रै कार्यालय बिदा हुने हुँदा महसुल तिर्न सहज होस् भन्ने उद्देश्यले यस्ता काउन्टर खोल्ने गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply