कवि अमृता स्मृतिको नयाँ कविता कृति ‘नदीको तिर्खा’ लोकार्पण

कार्तिक ६, काठमाण्डौ । कवि अमृता स्मृतिको नयाँ कविताकृति नदीको तिर्खा लोकार्पण गरिएको छ । काठमाडौंको कुञ्ज थिएटरमा एक कार्यक्रम आयोजना गरि कविता कृतिको विमोचन गरिएको हो । कार्यक्रममा नदीको तिर्खा पुस्तकमा समावेश कविताहरूको चर्चा परिचर्चा गरिएको थियो । पुस्तकमाथि धारणा राख्दै कवि उमेश अकिञ्चनले कवि अमृता स्मृतिको कविता सशक्त र सरल रहेको बताए । उनले कवितामा नारी विद्रोह समेत समावेश गरेको उल्लेख गरे ।

उनले भने,समग्रमा कविताकृति विभेदविरुद्धको पैरवी गरेको मैले पाएँ, जुन साँच्चै राम्रो छ । कार्यक्रमका विशिष्ट र अतिथि शैलेश साकारले अहिलेको समयको आवाज कवि स्मृति भएको बताए । उनले पुस्तकमाथि धारणा राख्दै कविले कवितामार्फत विद्रोह गरेको सुनाए । उनले भने,अहिले देशको अवस्था नै यस्तै छ, कवितामा विद्रोह छ, शक्तिशाली छ । विशिष्ट अतिथि कवि साकारले कवितामा परिस्कृत विम्बको प्रयोग भएको बताए ।
उनले भने म कविता संग्रहको शीर्षकबाटै प्रभावित भएँ ।

कार्यक्रममा प्रमुख अतिथि रहेका वरिष्ठ कवि तुलसी दिवसले कवितामा कवि इमानदारी भएको सुनाए ।
कवि अमृता स्मृतिफे कविता संग्रहमा शशक्त कविता लेखेको सुनाए । कवि तुलशी दिवसले चर्चाको लागि मात्रै कविता लेख्न नहुने उल्लेख गरे । उनले भने, पारिवारिक मात्रै हैन राष्ट्रिय घटनामा पनि कविता लेख्न सक्नुपर्छ, यसमा कवि इमान्दारी हुनुपर्छ, यसमा कवि अमृता स्मृति सजग हुनुहुन्छ । कविता संग्रह लोकार्पण कार्यक्रममा बोल्नेहरू सबे कवि रहेको भन्दै वरिष्ठ कवि तुलसी दिवसले खुशी व्यक्त गरे ।

भाषा शैलि र प्रस्तुतिमा कविको आफ्नो पन देखिएको छ, जुन निकै राम्रो छ, उनले भने । कवि अमृता स्मृतिले कार्यक्रममा १० वर्षपछि नयाँ पुस्तक सार्वजनिक गर्न पाउँदा खुशी लागेको सुनाइन् । उनले कविताकृतिप्रति आआफ्नो सल्लाहसुझाव दिन आग्रह गरिन् ।

संम्बन्धित समचार

Leave a Reply