विभिन्न पार्टी परित्याग गर्दै ५० जनाभन्दा बढी नेपाली कांग्रेसमा प्रवेश

दिपू वर्णवाल

कार्तिक ६, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ जगतियामा विभिन्न पार्टी परित्याग गर्दै ५० जनाभन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जगतिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले तथा जसपा परित्याग गरि आएकाहरुलाई कांग्रेसका केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर ४ का उम्मेद्वार रमेश रिजालले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता रिजालले अहिलेको समय विकासलाई गति दिने समय भएको भन्दै आफ्नो पहुँचले भ्याएसम्म यस ठाउँको विकास गर्ने प्रतिबद्धता जनाए ।
उनले आफू चुनावमा जिते पनि हारे पनि सँधै यहीँका लागि काम गरिरहेको बताए ।

‘विभिन्न प्रलोभन दिँदै यो क्षेत्रमा कयौ नेताहरू आए, जितेर गए,’ उनले भने, ‘म त सँधै तपाईहरुसँग नै छु, यसै ठाउँमा जन्मे, यहीँ हुर्के, यही मर्ने छु, तपाईँहरुकै सेवामा सँधै रहने छु ।’ कार्यक्रममा स्थानीय नेता नुमान मियाँले अहिले केही व्यक्तिले धार्मीक कुरा गरेर मतदातालाई भ्रममा पार्न खोजेको भन्दै उनको चुनावी फण्डामा कोही नफस्ने बताए ।

‘एमालेका जालिम मियाँले धार्मीक कुरा गरेर जनतालाई भ्रम पार्न खोज्दैछन्, उनी नै हामी सबै मुसलमानको ठेकेदार भन्दै हिडिरहेका छन्,’ उनले भने, ‘यस्ता बहुरुपियालाई अबको मतदानबाट जवाफ दिनु पर्छ, कसैको भ्रममा अब मतदाता पर्नेवाला छैनन् ।’

पार्टीका वडा सभापति ग्यासुद्धिन मियाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर ४ ९क० का प्रदेश सभा सदस्यका उम्मेद्वार शंकर चौधरी, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, महाधिवेसन प्रतिनिधि सोहरुम राउत गदि, क्षेत्रीय सभापति श्रीकान्त यादव, वार्ड अध्यक्ष शुभाष यादव, नेता नुमान मिया, युवा नेता राकेश यादव, धर्मेन्द्र पटेल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

संम्बन्धित समचार

Leave a Reply