उपेन्द्र यादव जनतालाई धम्क्याउदै भोट माग्दै !

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवका कार्यकर्ताहरुले धम्कीपूर्ण भाषामा पहाडिया लखेटेको भनी तर्साउन थालेका छन् । मंसिर ४ को निर्वाचन आउन अब ११ दिनमात्र बाँकी रहँदा यादवका कार्यकर्ताहरुले मधेसबाट पहाडियाहरुलाई धपाएको र केहीलाई अझै धपाउन बाँकी रहेको धम्कीपूर्ण भाषा प्रयोग गरेको पाइएको हो ।

सप्तरी २ बाट चुनावी मैदानमा रहेका यादवले जसरी पनि चुनाव जित्नका लागि यादववाद त प्रयोग गरेका छन् नै आफू विरोधीहरुलाई ठेगान लगाउन अनेक प्रपञ्च रचेको पाइएको हो ।

सो क्रममा उपेन्द्रका कार्यकर्ताले पत्रकारलाईसमेत पनि धम्कीपूर्ण भाषाको प्रयोग गरेका हुन् । पत्रकार दिपेश जोशीले एक दिनअघि एउटा स्टाटस लेखेर उपेन्द्र यादवसँग नोट लिनु र अन्य उम्मेदवारलाई भोट दिनु भनेर बजारमा उखान आएको कुरालाई बाहिर ल्याए ।

उनले लेखेका थिए, ‘क्षेत्र नं २ बासी १ बजारमा नयाँ उखान आएछ । यसै गरौं उपेन्द्र यादवसँग नोट लिनु अन्य उम्मेदवारलाई भोट दिनु ।’

माइसंचार डट कममा कार्यरत जोशीले लेखेको स्टाटसमा राजविराज टुडे दैनिकमा काम गर्ने पत्रकार नै रहेका धर्मपाल राउतले भने आक्रामक र धम्कीपूर्ण भाषाले जवाफ दिए ।

जसपामा आवद्ध उनले जोशीलाई लेखे, ‘दिपेश जोशी धेरै बढी नबोल सबै पहाडी त भागि सकियो त जस्ता केही फटहालाई अब तह लगाउने बेला आयो सचेत भई हाल नभए यही चुनाबमा बुझिने छौ ।’

यो भनाइको मतलब जसपाले यसअघि नै पहाडीहरुलाई सप्तरीबाट भगाइसकेको र केहीलाई अब तह लगाउने बेला आएको भनेर तर्साउन खोजिएको छ । त्यतिमात्र होइन राउतले जोशीलाई पनि यही चुनावमा ठेगान लगाउने बताएका छन् ।

यसबाट उपेन्द्रले चुनाव जित्नका लागि साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेको स्पष्टै बुझ्न सकिन्छ ।

सप्तरीबाट धेरै पहाडियाहरु पलायन भएको अवस्था छ । र बाँकी पहाडियालाई पनि भगाउन कुनै कसर बाँकी नराख्ने यादवका कार्यकर्ताको भनाइबाट स्पष्ट हुन्छ ।

यस सम्बन्धमा जोशीले आफूले बजारको हल्ला भनेर जे सुनियो त्यसलाई स्टाटस बनाएर लेखेको तर राउतले भने धम्कीपूर्ण भाषा प्रयोग गरेर थर्काएको बताए ।

यसरी धम्की दिएको सम्बन्धमा बुझ्न खोज्दा राउतले धेरै बोलेनन् । उनले कुराको कुरामा भएको बताए ।

अनि पहाडियालाई धपाएको भनेर भन्नु भएको छ त भन्दा पनि उनले ‘कुरो त त्यही हो नि’ पनि भने ।

उनले जोशीले त्यस्तो स्टाटस राख्न हुन्छ त ? भनी उल्टै प्रश्न गरे । तर उनले बजारको हल्ला भनेर राखेको स्टाटसलाई कारबाही गर्ने शैलीमा हप्काएनन् मात्र पहाडियालाई सप्तरीमा खतरा रहेको संकेतसमेत दिए ।

राउतसँग थप बुझ्न खोज्दा भने उनले मोबाइल सम्पर्क विच्छेद गरे ।

संम्बन्धित समचार

Leave a Reply