आइडिया स्टुडियो सिजन ७ सुरु

काठमाडौं । आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन ७ ‘ को लागि आवेदन खुला गरेको छ ।्र आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७ ‘को लागि आवेदन खुलाएको हो । आइडिया स्टुडियो सिजन ७ को पत्रकार सम्मेलनमा ११५ को उपस्थिति रहेको थियो । आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५०० भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो । त्यस मध्ये ३५० भन्दा बढी व्यवसायहरु इन्क्युबेट भइसकेका छन् । आइडिया स्टुडियो नेपालबाट इन्क्युबेट भएका व्यवसायहरु मध्ये ६५् भन्दा बढि व्यवसायहरु सफलतापूर्वक संचालनमा रहेका छन् ।

आइडिया स्टुडियो नेपालले आफ्नो हरेक सिजनमा नेपाली उत्पादनलाई प्रवर्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्वद्ध तथा हरियाली र पर्यावरण प्रवर्धन गर्ने व्यवसायिक आइडियाहरुलाई विशेष प्राथमिकता दिदै सोहि विचारहरुलाई उत्कृष्ट बनाउन सर–सल्लाह ,व्यवसायीक संजाल, इन्क्युबेसन कार्यक्रम , मेन्टरशिप , रियालिटी टिभी सो साथ साथै वित्तीय पहुँचका लागी सहजिकरण गराउन मद्दत पुर्याउदै आएको छ । हाल सम्म आइडिया स्टुडियो नेपालले आफ्नो बिभिन्न कार्यक्रमको मार्फतबाट देशको ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको व्यापक सहभागिता जुटाउन सफल भएको छ । ्र

उक्त आइडिया स्टुडियो सिजन ७को पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वल्र्ड वाईल्ड लाइफ फण्ड नेपालका देश प्रतिनिधि डा.घन श्याम गुरुङ, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, शिलापत्रका सहसंस्थापक, अध्यक्ष डा. सुरेश सिम्खडा, स्पेस ४ केका एम.डी प्रभात चलौने , नेपाल इलेक्ट्रोनिक भुक्तानी प्रणाली का सि.इ.ओ सन्जिब सुब्बा , सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरि ज्ञवाली र काठमाडौं मोडल कलेजका प्रध्यापक सुरेन्द्र सुबेदीले आफ्ना मन्तब्य राख्नु भएको थियो ्र ।

कलेज आईडिया हन्ट २०२२ मा प्राप्त भएको विचारहरु मध्ये २० विचारहरुलाई १५ दिनको इन्क्युबेसन साथै मेन्टरशिप प्रधान गरिएको थियो ्र छनौट भएका उक्त २० विचारलाई इन्क्युबेसन र मेन्टरशिप प्रकृया पछि डेमो पिचको माध्यमबाट १० उत्कृष्ट विचारलाई अन्तिम प्रकृयाको लागि छनौट गरिएको थियो ्र । सोहि दिन कलेज आईडिया हन्ट २०२२ मा प्राप्त उत्कृष्ट १० आइडियाहरु मध्ये उत्कृष्ट ४ विजेता छनोेट गरिएका थिए ती हुन ः बायो ग्रीन , वी फर नेचर, आहा बेङ्गलस् , मेहेनती डट कम ्र कलेज आईडिया हन्टका सबै बिजेताहरुलाई रु. १ लाख नगत पुरस्कार प्रधान गरिएको थियो ्र । कलेज आईडिया हन्ट २०२२ का सबै विजेताहरु आइडिया स्टुडियो सिजन ७ मा स्वतह प्रस्थान गराइने छन् ।

संम्बन्धित समचार

Leave a Reply