स्थिर समयमा आचारसंहिता विपरीत काम गरे २५ हजारसम्म जरिबाना !

मंसिर १, काठमाण्डौ । आउँदो ४ गते आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ ।

आउँदो आइतवार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा आचारसंहितामा उल्लेख छ । यस अवधिमा चुनाव प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । यसैगरी मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Reply