बागमती युवा क्लब सर्लाहीले जित्यो ‘सी’ डिभिजन लिग छनोटको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ मंसिर २, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २, काठमाण्डौ । बागमती युवा क्लब सर्लाहीले ‘सी’ डिभिजन लिग छनोटको उपाधि जितेको छ । गोलबजार एससीलाई १–० ले पराजित गर्दै बागमतीले छनोटको उपाधि जितेको हो । सातदोबाटोस्थित एन्फाको खेल मैदानमा बिहीबार भएको फाइनलमा बागमतीलाई उपाधि दिलाउन विमल घिसिङले गरेको गोल नै निर्णायक बन्यो । उनले ६१औ मिनेटमा गोल गरेका थिए ।

नकआउट चरण अन्तरगत बागमती समूह २ को तथा गोलबजार समूह १ को विजेता बन्दै फाइनलमा प्रवेश गरेको थियो ।नकआउटमा आफ्नो समूहमा पहिलो भएका दुवै टोली ‘सी’ डिभिजन लिगको लागि छनोट भइसकेका छन् । अब यि दुई क्लबले आगामी बैशाख २२ गतेबाट हुने भनिएको सहिद स्मारक ‘सी’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस