चुनावका दिन मौसम सफा रहने

मसिर ३, काठमाण्डौ । आमनिर्वाचनको दिन देशव्यापी रूपमा मौसम सफा रहने भएको छ। केही दिनयता सुदूरपश्चिमलगायतका पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्य बदली र हिमपात भइरहे पनि मङ्सिर ४ गते देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायुको प्रभाव कायमै रहेका बेला आमनिर्वाचनका दिन केही भूभागबाहेक अधिकांश स्थानको मौसम सफा रहने विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेअनुसार मङ्सिर २ र ३ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ। सो समयमा ती प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ ।

संम्बन्धित समचार

Leave a Reply