आज बालाचतुर्दशी, पशुपतिमा घुइँचो !

मंसिर ५, काठमाण्डौ । बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बाल्नेहरुको पशुपतिनाथ मन्दिर परिसरमा घुइँचो लागेको छ । आज त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै सतबीज छर्छन् ।

पशुपति क्षेत्र विकास कोषले महादीपदान गर्न आउने भक्तजनसँग कुनै शुल्क नउठाइने स्पष्ट पारेको छ । सोमबार रातभर दीपदान गरी बसेका भक्तजनले मंगलबार बिहानै पितृको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर पशुपति क्षेत्र वरपर छर्छन् । एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ । सतबिज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ ।

संम्बन्धित समचार

Leave a Reply