(UPDATE) बैतडी जिप दुर्घटना : ५ जना प्रहरीको मृत्यु

मंसिर ५, काठमाण्डौ । बैतडीमा भएको जिप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीन जना प्रहरी घाइते भएका छन् । टुक्राटुक्रा भएको जिप भिरमा खसेकाले उद्दारमा कठीनाइ भइरहेको छ। से १ ज ८५४ नम्बरको जिप दुर्घटना भएको बताइएको छ।

प्रहरीको घुम्ती टोली सवार उक्त जिप बैतडीबाट पाटनतर्फ आइरहेको थियो। मृतक र घाइते प्रहरीको परिचय खुलेको छैन। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलतर्फ गइरहेको छ।

संम्बन्धित समचार

Leave a Reply