विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै : पहिलो खेलमा अर्जेन्टिना र साउदी अरब खेल्दै

मंसिर ६, काठमाण्डौ । विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा अर्जेन्टिना र साउदी अरबबीच खेल हुनेछ । समूह ‘सी’ को खेलमा अर्जेन्टिना र साउदी अरबको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।

अहिलेसम्म १८ पटक विश्व कप खेलिसकेको अर्जेन्टिनाले साउदी अरबसँग पहिलो पटक खेल्न लागेको हो। अर्जेन्टिनाले सन् १९७८ र ८६ मा गरी दुई पटक विश्व कप उपाधि जितेको छ । आजको खेल जिते अर्जेन्टिनाले ३७ खेलमा अपराजित रहेको इटलीसँग कीर्तिमान बराबरी समेत गर्नेछ। कप्तान लियोनल मेस्सी पाँचौँ पटक विश्व कप खेल्दैछन्। तर उपाधि जिताउन सकेका छैनन्।

त्यस्तै, आज हुने अर्को खेलमा डेनमार्क र ट्युनिसियाबीच बेलुका पौने ७ बजे तथा मेक्सिको र पोल्यान्डबीच राति पौने १० बजे खेल हुनेछ । त्यस्तै फ्रान्स र अस्ट्रेलियाबीचको खेल राति पौने १ बजे हुनेछ।

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?