चुनावैपिच्छे मतदाताले फरकफरक दल छान्दै

मंसिर ६, काठमाण्डौ । गणतन्त्र स्थापनापछि संविधानसभायता भएका चुनावमा मतदाताले फरकफरक दल छान्दै आएका छन् । देश शान्तिप्रक्रियामा प्रवेश गरिसकेपछि २०६४ सालयताका निर्वाचन परिणाम हेर्दा चुनावैपिच्छे जनताले विकल्पका रूपमा नयाँ र फरक दल खोजी गरेको देखिएको हो । निर्वाचनका बेला उम्मेदवारहरूले ठुला आश्वासन बाँड्ने तर परिणाम आफ्नो पक्षमा पारेपछि जनहितमा अपेक्षित काम नगर्ने भएकाले असन्तुष्ट मतदाताले नयाँनयाँ विकल्प र पार्टीहरूलाई स्थापित गर्ने र फेरि पुरानै दलमा फर्कने गरेको विगतको मतपरिणामले देखाएको छ ।

आइतबार सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक परिणाम हेर्दा मतदाताले मतपत्रमार्फत एकखालको आक्रोश व्यक्त गरेको देखिन्छ । सबैभन्दा कम मत खसेको यो निर्वाचनमा मतदाताले नयाँ अनुहार, नयाँ दल खोज्न थालेको प्रारम्भिक नतिजाले देखाउन खोजेको हो । सत्तामा रहेका ठुला भनिएका दलले गरेको गठबन्धनलाई जनताले सहज रूपमा स्वीकार नगरेको प्रारम्भिक नतिजाले देखाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

संम्बन्धित समचार

Leave a Reply