जुट उत्पादन निरन्तर ओरालो

मंसिर ६, काठमाण्डौ । पछिल्लो ७ वर्षमा जुट उत्पादन ६ हजार मेट्रिक टनले घटेको पाइएको छ । जुट उत्पादक किसानले लगानीअनुसार प्रतिफल पाउन छाडेपछि यसको खेती छाड्दै गएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको तथ्याङ्कले पछिल्ला वर्षमा नेपालमा जुट उत्पादन निरन्तर घटिरहेको देखाउँछ ।मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष ९आव० २०७१र७२ मा नेपालमा १६ हजार ५ सय ३० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७७र७८ आइपुग्दा उत्पादन ६ हजार ७९ मेट्रिक टनले घटेर १० हजार ४ सय ५१ टनमा सीमित भएको छ । यस अवधिमा जुट उत्पादन हुने जमिनको क्षेत्रफल पनि करिब ४ हजार हेक्टरले घटेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

संम्बन्धित समचार

Leave a Reply