कालिञ्चोक दर्शनले मंसिर १४ गतेदेखि आइपिओ निष्कासन गर्ने, तपाईले आवेदन दिन मिल्छ ?

मंसिर ६, काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्नेछ । त्यसैगरी, सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा गाएका नेपालीहरूले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । स्थानिय बासिन्दाहरुले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाहरूले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ । उक्त आइपिओमा मंसिर २८ गतेभित्र आवेदन दिनु पर्नेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा स्थानीयले भने पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

संम्बन्धित समचार

Leave a Reply