जाभा भूकम्पमा मृत्यु हुनेको संख्या १६२

मंसिर ६, काठमाण्डौ । सोमबार इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ । स्थानीय सञ्चारमाध्यममा १६२ जनाको मृत्यु र ७०० भन्दा बढी घाइते भएको पश्चिमी जाभाका गभर्नर रिद्वान कामिलले पुष्टि गरेका छन् ।

स्थानीय अधिकारीहरुले सघन जनसंख्या भएको क्षेत्रमा भूकम्प गएकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।​ युएसजीएसका अनुसार रिक्टर स्केलमा यस भूकम्पको तीव्रता ५ दशमलव ६ मापन गरिएको छ ।

समाचारमा भुकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट १०० किलोमिटर टाढा रहेको सियानजुर रहेको जनाइएको छ । ठूलो संख्यामा मानिसहरु अस्पतालमा भर्ना भएका छन् भने अस्पतालमा ठाउँको अभाव भइरहेको छ भने धेरैलाई बाहिर राखेर पनि उपचार गरिएको छ ।

भत्किएका भवनको भग्नावशेषमा अझै धेरै मानिस पुरिएको हुन सक्ने अनुमान गरिएको छ । त्यसैले उद्धारकर्मी राति पनि उद्धारमा खटिएका छन् ।
अधिकारीहरुले भूकम्प गएको क्षेत्र पहिरो प्रभावित क्षेत्र भएको र घरको गुणस्तर पनि कमजोर रहेको बताएका छन् ।

संम्बन्धित समचार

Leave a Reply