सुनको भाउ घट्यो, चाँदी १५ रुपैयाँले बढ्यो !

मंसिर ६, काठमाडौ । सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार भने चाँदीको भाउ प्रतितोला १२ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

संम्बन्धित समचार

Leave a Reply