साउदीसंग २-१ ले पराजित भएपछि अर्जेन्टिना स्तब्ध

मंसिर ६,काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको समूह ‘सी’ को खेलमा कतारको छिमेकी साउदी अरेबियाले दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको छ ।

साउदीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अर्जेन्टिनामाथि शानदार जितसहित विश्वकप सुरु गरेको हो । उपाधिको मुख्य दाबेदार रहेको अर्जेन्टिनाले भने पहिलो खेलमै पराजय भोग्नुप¥यो । यस हारपछि अर्जेन्टिनाले लगातार ३६ खेलको अपराजित यात्रा पनि टुंगिएको छ ।

यसअघि अर्जेन्टिनासँग चार खेल खेल्दा एक खेल पनि जित्न नसकेको साउदी अरेबियाले अर्जेन्टिनालाई पहिलो पटक पराजित गरेको हो ।

सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएयता ३६ खेलमा अपराजित अर्जेन्टिना उच्च लयका साथ कतार पुगेको थियो । विश्वकपअघि अभ्यास खेलमा युएईलाई ५–० ले पराजित गरेको थियो । तर मुख्य प्रतियोगितामा भने अर्जेन्टिना पहिलो खेलमै पराजित भयो ।

संम्बन्धित समचार

Leave a Reply