उपेन्द्र यादवको जित्ने सम्भावना न्युन, सिके राउत १३ हजार बढी मतले अग्र स्थानमा !

मंसिर ७, काठमाडौं । सप्तरी २ मा १३ हजार ६९१ मतले जनमत पार्टीका अध्यक्ष डा सीके राउत जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादव भन्दा अगाडि रहेका छन् । अध्यक्ष सीकेले सुरुदेखि नै जसपाका अध्यक्ष यादवलाई दोब्बर मतले पछि पार्दै अग्रतालाई कायमै राखेका छन् ।

हालसम्मको मत परिणामअनुसार राउतले २६ हजार ७८५ मत प्राप्त गरेका छन् । जसपा अध्यक्ष यादवले १३ हजार ९४ मत प्राप्त गरेका छन् । यस्तै लोसपा नेता जयप्रकाश ठाकुरले चार हजार ६०० मत प्राप्त गरेका छन् । यहाँ कुल ९५ हजार तीन सय ९४ मतदातामध्ये ६४ हजार पाँच सय ६० मत खसेको थियो ।

संम्बन्धित समचार

Leave a Reply