कमलादीमा स्काईवाक टावर निर्माणको काम अन्तिम चरणमा

मंसिर १३,काठमाडौँ । कमलादीमा निर्माणाधीन स्काईवाक टावरमा व्यापार व्यवसाय गर्न चाहनेहरूको लागि बुकिङ खुल्ला भएको छ । टावरको ३ वटा तलालाई भाडामा लगाउने योजनाका साथ निर्माण कम्पनीले बुकिङ खुल्ला गरेको हो । टावर निर्माणको काम अन्तिम चरणमा पुगेसँगै बुकिङ खुल्ला गरेको वन्डर्स नेपाल प्रालिका टावर सुपरभाइजर निखिल दाहालले बताए । टावरको २४ र २५ तलामा व्यापार गर्न चाहनेहरूको लागि बुकिङ खुल्ला भएको छ ।

‘अहिले टावरमा व्यापार गर्ने चाहनेहरुसँग सहकार्य गरी भाडामा दिने सोच बनाएका छौं, बुकिङ खुल्ला गरेसँगै बुकिङका लागि ग्राहकको अत्याधिक अर्डर आएको पनि छ,’ उनले भने ।

भुईँ तलामा पनि व्यवसायिक प्रयोजनका लागि ४९ वटा सटरहरूको निर्माण हुँदैछ । सो सटर पनि निर्माण कम्पनीले भाडामा दिने योजना बनाएको छ । अहिले पूर्ण रूपमा तयार भइनसके पनि अग्रिम बुकिङ भने खुल्ला रहेको दाहालले बताए । सो सटरमा एकै किसिमको पसल भने राख्न पाइने छैन ।

‘हामीले अहिले नै भाडाको निर्धारण गरेका छैनौं, सटर पनि भाडामा लिन आए भने सटरको साइज हेरेर भाडामा दिने हो, अनुमानित एउटा सटरको भाडा मासिक ४० देखि ५० हजार रुपैयाँसम्म हुन सक्छ,’ उनले भने ।

संम्बन्धित समचार

Leave a Reply