ट्रम्प–किम शिखर वार्ता : राष्ट्रपति ट्रम्प क्यानाडाबाटै सिङ्गापुर जाने

जेठ २५,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जाने बिहीबार ह्वाइट हाउसले जानकारी दिएको छ ।

क्यानाडामा हुन गइरहेको जि७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान लाग्नुभएका राष्ट्रपति ट्रम्प सिधै त्यहाँबाट सिङ्गापुर जान लागेका हुन।

उत्तर कोरियाली नेता किम जोङ उनसँग अर्को हप्ताको मङ्गलबार हुने शिखर वार्ताको लागि उनी क्यानाडाबाट सिधै सिङ्गापुरतर्फ जान लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

ह्वाइट हाउसका प्रवक्ता सरह सनडेर्सका अनुसार क्यानाडामा हुने जि७ को सम्मेलनको लागि शनिबार मध्याह्न अगावै राष्ट्रपति ट्रम्प त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।

ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी गराइएको छ । क्यानाडाको क्युबिकमा आइतबार जि७ को बैठकमा उनी सहभागी हुनेछन ।

ट्रम्प र किमबीच सिङ्गापुरको सान्तोसा द्वीपमा अवस्थित कापेल्ला होटेलमा स्थानीय समयानुसार मङ्गलबार बिहान ९ बजे भेटवार्ता हुने समय तालिका दिइएको छ ।

संम्बन्धित समचार

Leave a Reply