इंग्लिस प्रिमियर लिग : फुलह्यामलाई आर्सनलले ४–१ ले हरायो

पौष १८, काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले रेलिगेसन जोनको फुलह्यामलाई ४–१ ले हरायो ।

प्रिमियर लिगको अघिल्लो खेलमा लिभरपूलसँग ५–१ को हार ब्यहोरेको आर्सनलले इमिरेट्स स्टेडियममा फुलह्यामको पोस्टमा चार गोल गर्‍यो । फुलह्यामविरुद्ध जित दिलाउनका लागि ग्रानिट जाका, अलेक्सान्द्रे लाकाजेटी, एरोन राम्से र पिएरे एमरिक अबामेयाङ्ले एक–एक गोल गरे । जाकाले २५औँ मिनेटमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा एक गोलको अग्रता दिलाए । ५५औँ मिनेटमा लाकाजेटीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

६९औँ मिनेटमा अबुबाकर कमाराले गोल गर्दै आर्सनलको अग्रता २–१ मा छोट्याए । ७९औँ मिनेटमा राम्से र ८३औँ मिनेटमा अबामेयाङ्ले गोल गर्दै आर्सनललाई ४–१ को जित दिलाए ।

आर्सनल ३८ अंक बनाउँदै पाँचौँ स्थानमा छ । फुलह्याम भने १४ अंक जोड्दै रेलिगेसन जोनमा छ ।

लेस्टरसँग एभर्टन स्तव्ध

त्यस्तै मंगलबार राति भएको खेलमा लेस्टरले एभर्टनमाथि १–०को जित निकाल्दै प्रिमियर लिगको तालिकामा सातौँ स्थानमा उक्लिएको छ । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । लेस्टरले ५८औँ मिनेटमा एक गोल गरेको थियो । उसका लागि जेम भर्डीले गोल गरेका थिए ।

रिकार्डो परेराको पासमा गरेको एक मात्र गोल नै लेस्टरको जितमा निर्णायक बनेको थियो । भर्डीले गोल गर्दा जोर्डन पिक फर्डलाई बचाउने मौकानै दिएका थिएनन् ।

संम्बन्धित समचार

Leave a Reply