नेपाल र जापानबीच मन्त्रीस्तरीय वार्ता हुदै, हवाई सेवा सम्झौता गरिने

पौष २५, काठमाडौं । नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच सम्झौता हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। बुधबार मन्त्री ज्ञवाली र उनका समकक्षी कोनोबीच ४ बजेपछि हुने मन्त्रीस्तरीय वार्तापछि सम्झौता हुनेछ ।

त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण हुनेछ । परामर्श संयन्त्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान हुनेछ । मन्त्री ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा बुधबार काठमाडौं आउँदै छन्।

भ्रमणबाट नेपालमा जापानी लगानीे तथा पर्यटन प्रवर्द्धन हुनुका साथै जापानको श्रम बजारमा धेरैभन्दा धेरै नेपाली श्रमिक पठाउन फलदायी हुने तथा आपसी मैत्री, समझदारी र सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply