आगामी माघ २ देखी प्रथम फिक्कल महोत्सव हुने, १ लाख पर्यटक भित्र्याउने लक्ष्य

पुस २५,काठमाडौँ । आगामी माघ २ देखी ७ गतेसम्म सिन्धुलीमा प्रथम फिक्कल महोत्सव हुने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दैे सडक,शिक्षा र विजुली फिक्कलको पुर्वाधार,कृषि,वन र पर्यटन सम्बृद्धिको मुल आधार भन्ने नाराका साथ प्रथम फिक्कल महोत्सव हुन लागेको गाँउपालिका उपाध्यक्ष तथा फिक्कल महोत्सव २०७५,आयोजक समिति संयोजक पार्वती सुनुवारले बताईन । मुख्यतः फिक्कल गाँउपालिका सिन्धुलीमा पर्छ र यो पर्यटकिय क्षेत्र हो भनेर चिनाउने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको गाँउपालिका अध्यक्ष धन बहादुर कार्कीले बताए ।

६ दिन सम्म चल्ने महोत्सवमा गाँउपालिकामा रहेका कृषि,जलस्रोत,पर्यटन,जडिबुटी आदी क्षेत्रको जानकारी तथा प्रचारप्रसार गर्ने,गाँउपालिका भित्र रहेको ऐतिहासिक तथा धरोहरहरुको प्रचार गर्ने,विभिन्न जातजातीका सांस्कृतिक पक्षहरुको प्रचार गर्ने, किवी आलु पकेट क्षेत्रको दृश्यावलोकन गराउने,जिल्लाकै अग्लो चुचुरो फिक्कल डाँडाको दृश्यावलोकन गराउने, सुनकोशी नदीमा ¥याफ्टिङ गराउने लगायतका उदेश्य राखेर आयोजना गर्न लागिएको महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक गरी १ लाख पर्यटक भित्र्याउने गाँउपालिकाको लक्ष्य रहेको उपाध्यक्ष सुनुवारले पत्रकार सम्मेलनमा जानकारी दिईन् ।

महोत्सवको लागी ५२ लाख खर्च गरिने बताईको छ । जसअनुसार गाँउपालिकाले १० लाख र अन्य स्रोतबाट बाँकी रकम जुटाईने उपाध्यक्ष सुनुवारले बताईन । महोत्सवको बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद गणेश पहाडीले फिक्कललाई नेपालकै महत्वपुर्ण पर्यटकिय गन्तव्यको रुपमा चिनाउन चाहेको उल्लेख गरे । उनले भने–’हाम्रो सिन्धुलीगढी,फिक्कलगढी लगायत गढीहरुमा अंग्रेजले युद्ध गरे, उनिहरु प्हिलोपटक हारेको ठाँउ भनेर नेपालीले गर्व गर्ने तर त्यहाँको बारेमा जानकारी नपाउनु दुखद हो, यस क्षेत्रलाई पर्यटकिय गन्तव्य बनाउन सकिन्छ भन्ने हाम्रो ठम्याई हो ।’ सांसद पहाडीले स्थानीय पहिचान र सम्पती जोगाउने मुख्य कार्यभार स्थानीय सरकारको रहेको भन्दै आफ्नो क्षेत्रको महत्व दर्शाउने र देश विदेशमा चिनाउन आवश्यक योजना तयार गर्नुपर्नेमा जोड दिए ।

गाँउपालिकाले पुराना र महत्वपुर्ण चिनारीको रुपमा रहेको सम्पदालाई संरक्षण गरेर अघी बढ्ने गााउपालिका अध्यक्ष कार्कीले बताए । उनले फिक्कलमा पर्यटनको बलियो सम्भावना रहेको बताउदै भविश्यमा गाँउपालिकाको प्रमुख आयस्रोत पर्यटनबाटै गर्न सकिनेमा जोड दिए । पत्रकार सम्मलेनमा गाँउपालिकाको पर्यटकिय क्षेत्र र तिनका सम्भावनाका बारेमा पत्रकार उज्वल पहाडीले दृष्यचित्र सहित ब्याख्या गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply