परराष्ट्र मन्त्री र भारतीय समकक्षी स्वराजबीच नयाँ दिल्लीमा भेट

पौष २६, काठमाडौं । भारत भ्रमणमा गएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र समकक्षी सुष्मा स्वराजबीच नयाँ दिल्लीमा भेट भएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार दिउँसो २ बजेदेखि  दुई मन्त्रीबीच भेट भएको हो।

भेटवार्तामा उनीहरूबीच नेपाल भारत सहकार्यमा भइरहेका विभिन्न परियोजनाको प्रगतिबारे कुराकानी भयो। दुई मन्त्रीबीच नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक उपयुक्त समयमा कठमाडौंमा गर्ने सहमति भएको दूतावासले जनाएको छ।

भेटपछि भारतीय समकक्षी स्वराजले आफ्नो सम्मानमा आयोजना गरेको दिवाभोज मन्त्री ज्ञवाली सहभागी भएका थिए।

नयाँ दिल्लीमा भइरहेको राइसेना डायलगमा भाग लिन मन्त्री ज्ञवाली बिहीबार बिहान भारत गएका हुन्।

भारतको विदेश मन्त्रालयको सहकार्यमा अब्जर्भर रिसर्च फाउन्डेसनले यो डायलग आयोजना गरेको हो। बिहीबार नै मन्त्री ज्ञवालीले उक्त बैठकलाई सम्बोधन गर्नेछन्।मन्त्री ज्ञवाली शुक्रबार स्वेदश फर्कने कार्यक्रम छ।

 

संम्बन्धित समचार

Leave a Reply