जोसेलाई ‘बाई बाई’ गरेपछि ‘हाई हाई’ को अवस्थामा म्यानचेस्टर युनाइटेड

माघ ६, काठमाडौं । ‘पोस्ट जोसे’ अर्थात प्रशिक्षकबाट जोसे मोरिन्हो बर्खास्त भएपछिका खेलमा म्यानचेस्टर युनाइटेडले लगातार जितको यात्रा कायमै राखेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २–१ ले हराएको छ । अन्तरिम प्रशिक्षक ओल गुनार सोल्सकेएरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडको यो लगातार सातौँ जित हो ।

लिगमा म्यानचेस्टर युनाइटेडको यो लगातार छैटौँ जित हो । उसले ओलको प्रशिक्षणमा एफए कपको एक खेलमा पनि युनाइटेड विजयी भएकाले समग्रमा लगातार जितको संख्या यो सातौँ हो ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउनका लागि पउल पोग्बा र मार्कस रासफोर्डले गोल गरे । ब्राइटनका लागि ग्रोबले एक गोल फर्काए ।

युनाइटेडले दुवै गोल पहिलो हाफमा गरेको हो । पोग्बाले २७ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरे । यस्तै ४२ औँ मिनेटमा रासफोर्डले गोल गर्दै अग्रता दोब्बर पारेका हुन् ।

७२ औँ मिनेटमा ग्रोबले ब्राइटनका लागि एक गोल फर्काए पनि हार टार्न सकेनन् । जित निकालेको छैटौँ स्थानको युनाइटेडको २३ खेलबाट ४४ अंक भएको छ । २६ अंकसहित ब्राइटन १३ औँ स्थानमा छ ।

संम्बन्धित समचार

Leave a Reply