दूरसञ्चार पूर्वाधार कम्पनी गठन गर्ने सरकारको तयारी

माघ ११,काठमाडौँ । सरकारले ‘दूरसञ्चार पूर्वाधार कम्पनी’ गठन गर्ने तयारी गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दूरसञ्चार क्षेत्रको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउन सरकारले छुट्टै ‘दूरसञ्चार पूर्वाधार कम्पनी’ गठन गर्ने कामलाई अघि बढाएको जानकारी दिएका हुन ।

शुक्रबार संघीय संसद अन्तरगतको अर्थ समितिको बैठकमा मन्त्रालयको भावी कार्ययोजनाबारे जानकारी गराउँदै उनले दूरसञ्चार क्षेत्रको पूर्वाधार निर्माणको एउटै काममा थुप्रै बजेट खर्च हुने गरेको उल्लेख गर्दै अब त्यसलाई सदुपयोग गरेर अघि बढ्न पनि छुट्टै कम्पनी बनाउने तयारीमा सरकार लागेको स्पष्ट पार्नु भयो पारे ।

खन्ने र पुर्ने काममा मात्रै बजेट खर्च हुने गरेकाले त्यसलाई अन्त्य गर्न पनि सरकारले दूरसञ्चार क्षेत्रको पूर्वाधार निर्माणका लागि ठोस योजना बनाउन छुट्टै कम्पनी बनाउने सोच अघि सारेको मन्त्री बाँस्कोटाको भनाइ छ ।

मन्त्री बाँस्कोटाले सो कम्पनी नेपाल टेलिकमको मातहतमा रहने र त्यसले विस्तार गर्ने फाइबर, टावरलगायतका काममा निजी क्षेत्रका दूरसञ्चार सेवा प्रदायक संस्थाहरुले पनि लगानी गर्ने कानुनी व्यवस्था गर्ने योजना पनि अघि सारे ।

थोरै लगानीमा धेरै प्रतिफल दिने भएकाले पनि सो कम्पनी सरकार र निजी क्षेत्र दुवैका लागि फाइदाजनक हुने मन्त्री बाँस्कोटाको दावी छ ।

संम्बन्धित समचार

Leave a Reply